अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि आजको राशिफल (अगष्ट १८)

0
81
राशिफल
राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आफ्नो इच्छानुसार समय बिताउने अवसर जुर्नेछ। आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। काममा सफलता पनि मिल्नेछ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
काम गर्दा अपजस आइलाग्न सक्छ भने विवादसमेत सिर्जना हुनसक्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। वैदेशिक क्षेत्र पनि कमजोर रहला।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
चलाखीपूर्ण बोलीले काम बन्नसक्छ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज पारिवारिक सुख एवं सहयोग मिल्नेछ। आँटेको र ताकेको कार्य पुरा हुने र अधुरा कार्य पूरा हुनसक्छ। रमाइलो यात्राको योग रहेको छ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज मङ्गल र शुभकार्यको चर्चा चल्नेछ। नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ। प्रेमीको सहयोग पाइनेछ। विश्वास गरेकाले साथ पनि दिनेछन्।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
टाउको एवं आँखा दुख्ने तथा रुघा लाग्ने जस्ता समस्याले सताउन सक्छ। सरकारी निकायको भय रहला। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज आफन्त वा इष्टमित्रसँग पुनर्मिलनको योग रहेको छ। प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति पनि हुनेछ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला। बौद्धिक विकास होला। धार्मिक यात्राको योग पनि छ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज जोश जाँगर र हिम्मत बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। इच्छा र आकाङ्क्षा पूर्ण होला। शुभकार्यको चर्चा पनि चल्नेछ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आजको दिन सामान्य र माध्यम नै रहनेछ। धेरै ठूलो महत्त्वाकाङ्क्षा लिएर काम नगरेकै जाती हुनेछ, साँझमा भने शुभ समाचार पाइन सक्छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज भाग्यले विभिन्न अवसर जुराउनेछ। मनमा शान्ति छाउनेछ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। घरमा अतिथिको आगमन हुनेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
कुनै कुराले मनमा शान्ति छाउला। कूटनीतिक नियोगको सहयोग मिल्ला। गरेको कार्यमा सफलता पाइनेछ। दिनको उत्तरार्धमा धन खर्च हुनेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्।