अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि आजको राशिफल (अगष्ट १७)

0
62
राशिफल
राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। धार्मिक क्षेत्रमा रुचि बढ्नेछ। आँटेको र ताकेको कार्य पुरा होला। पार्टनरसिपको कार्यमा सफलता मिल्नेछ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आर्थिक कारोबारमा विवाद आउनेछ। पारिवारिक झैझमेला आउला। स्वास्थ्यमा समस्या र चोटपटकको भय छ सचेत रहनुहोला।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। नयाँ कार्यको थालनी हुनेछ। पढाइ लेखाइमा प्रगति हुनेछ। रमाइलो यात्राको योग रहेको छ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
दैनिक कार्यमा प्रगति हुनेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। दिनको उत्तरार्ध सुखद् रहनेछ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। बोलीको प्रभाव बढ्नेछ। नयाँ र मङ्गल कार्यको योग छ। चिन्ता छाडेर चिन्तन गर्दा राम्रो हुन्छ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। मनमा छटपटी बढ्नाले मन कमजोर रहला, तर साँझमा कार्य सम्पादन हुनसक्छ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज नयाँ कार्यको थालनी हुनेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ। वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज स्वादिष्ट भोजन पाइनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्ने र कुटुम्बको सहयोग मिल्नेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज आँटेको र ताकेको कार्य पुरा होला। मनोरञ्जनको क्षेत्रमा रुचि बढ्नेछ। विशिष्ट व्यक्तिको सहयोग पाइने र व्यापारमा पनि सफलता मिल्नेछ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
जुनसुकै काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ। सानो कुरामा चित्त दुख्ने बानीले सामाजिक जनजीवनमा अप्ठ्यारो पनि पार्न सक्ने छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। शुभ समाचार सुन्न पाइएला। नयाँ कार्यको थालनी होला।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज काममा अपेक्षाकृत सफलता हात पर्नेछ। रोकिएको धन हात पर्ला। न्यायिक कार्यमा सफलता मिल्नेछ। व्यापारमा मनग्ये धनलाभ हुनेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्।