अष्ट्रेलियाको न्यू साउथ वेल्समा पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु

0
69

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

बुधबार बिहानको अपडेट अनुसार न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा थप ८ हजार ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी २ हजार १ सय १५ जना अस्पतालमा उपचाररत छन् भने ५२ जना आइ.सी.यु मा छन्।