अष्ट्रेलियाको भिक्टोरियामा थप ४ हजार ७ सय ३२ जना कोरोना संक्रमण पुष्टि

0
60

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका ४ हजार ७ सय ३२ जना नयाँ संक्रमित थपिएका छन्। बुधबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा १२ हजार १ सय ५ जनामा कोरोना परिक्षण गरिएको थियो। सोही अवधिमा १५ जना संक्रमितले ज्यान गुमाएका छन्।

भिक्टोरियामा हाल २६ हजार ४ सय ७६ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये ५ सय १८ जनाको अस्पतालमा उपचार भइरहेको छ।