अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि आजको राशिफल (अगष्ट १६)

0
121
राशिफल
राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
गरेका काम अधुरै रहला। मालसामान हराउन सक्छ। चोटपटकको भय छ, सचेत रहनुहोला, तर सहकर्मीबाट सहयोग मिल्नेछ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज साथीभाइसँग समय बित्नेछ। व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज कीर्ति वृद्धिका योग देखिन्छन्। धर्म तथा समाजसेवामा मन लाग्नेछ। नजिकैको व्यक्तिसँग प्रविधि मार्फत भेटघाट हुनेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। वित्तिय संस्थाबाट सहयोग पाइनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज स्वास्थ्यमा समस्या आउनेछ। दबाब र तनाव बढेको महसुस हुनेछ, तर प्राविधिक कार्यमा भने सफलता मिल्नेछ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज रमणीय र सुखद् जीवन र यात्राको योजना बन्नेछ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
महत्त्वपूर्ण कामको योजना र पुन: थालनी हुनेछ। मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। शिक्षामा सफलता मिल्नेछ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज नसोचेको ठाउँबाट धनागम हुनेछ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। आर्थिक कारोबारमा सफलता पनि पाइएला।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज आफन्त तथा अग्रजहरूसँग विवाद बढ्न सक्छ। स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च पनि बढेर जानेछ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज विस्तारै वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ। बेलुकीपख भने खर्च बढ्न सक्छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आजको परिश्रमबाट पछि फाइदा मिल्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। कृषिको कारोबारबाट सफलता मिल्नेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ। आयआर्जनका क्षेत्रमा विस्तारै सुधार आउनेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्।