

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मंगलबार बिहानको अपडेट अनुसार न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा थप ७ हजार १ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी २ हजार १ सय ४१ जना अस्पतालमा उपचाररत छन् भने ६० जना आइ.सी.यु मा छन्।