अष्ट्रेलियाको भिक्टोरियामा थप ४ हजार ८ सय ५८ जना कोरोना संक्रमण पुष्टि

0
70

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका ४ हजार ८ सय ५८ जना नयाँ संक्रमित थपिएका छन्। मंगलबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ८ हजार ५ सय १० जनामा कोरोना परिक्षण गरिएको थियो। सोही अवधिमा २० जना संक्रमितले ज्यान गुमाएका छन्।

भिक्टोरियामा हाल २७ हजार २ सय ३ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये ५ सय ३५ जनाको अस्पतालमा उपचार भइरहेको छ।