नेपाली नारीहरुको पर्व तीजको अवसरमा अष्ट्रेलियाको मेल्बर्नमा तीज महामेला २०२२ हुँदै

0
101

मेलवर्न। हिन्दु नेपाली नारीहरुको पर्व तीजको अवसरमा अष्ट्रेलियाको मेल्बर्नमा तीज महामेला २०२२ हुने भएको छ। कंडेल कन्सल्टेंसी एजुकेशन एण्ड माइग्रेशनको मुख्य प्रयोजनमा अष्ट्रेलियामा सो मेला हुन लागेको हो।

नेपालीहरूको उल्लेख्य बसोवास रहेको अष्ट्रेलियामा पनि नेपाली कला,संस्कृति, भाषा लगायत नेपाली नारीहरूलाई तीजको बेला देशमै भएको महसुस गराउन तीज मेला आयोजना गरिएको एम.एम इन्टरटेनमेन्टका सञ्चालक माधब न्यौपानेले जानकारी दिनुभयो। साथै उहाँ भन्नुहुन्छ, नेपालबाट चर्चित कलाकारहरू रमेशराज भट्टराई, प्रकाश सपुत, प्रिति आले, अराज केशब र एलिना चौहान लगायत स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने छ। संगै कार्यक्रममा लक्की दर्शकले उपहार समेत प्राप्त गर्ने छन् भने अन्य मनाेरञ्जनात्मक खेलहरू पनि खेलाइनेछ।

मेलामा सहभागी हुन अनलाइन टिकट सिस्टम राखिएको छ। बिद्यार्थी भाईबहिनीहरुलाई नि:शुल्क टिकटको ब्यबस्था गरिएको छ भने बाहेकहरुको लागि प्रति ब्यक्ति १५ डलर तिर्नु पर्ने छ।

तीज महामेला कार्यक्रम २६ अगस्ट अर्थात भदौ १० गते मेल्वर्नको एस्टोनिओन् हाउस ब्रन्सविकमा साझ ५:३० बजेबाट सुरु हुने आयोजकले जनाएको छ।