अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि आजको राशिफल (अगष्ट १५)

0
129
राशिफल
राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज सानासाना कुरामा शंका र चिन्ता बढ्ने देखिन्छ। आफ्नै व्यक्तिहरूसँग झगडा पर्न सक्नेछ। आज टाढाको भ्रमणमा निस्कनु ठीक छैन।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
नयाँ कार्यको योजना बन्ने र धार्मिक यात्राको योग छ। नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ, तर पारिवारिक सुखका लागि धन खर्च हुनसक्छ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज व्यक्तिगत कार्यमा सफलता मिल्नेछ। पुँजी बजारमा आकर्षण बढ्नेछ। चिन्ता हटेर मन हलुका हुनेछ। मनोरञ्जनमा सहभागी पनि भइएला।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कुनै कुराले मनमा शान्ति छाउनेछ। लाभदायक र खुसीपूर्ण यात्रा हुनेछ। अतिथिका रूपमा सम्मान पाइनेछ। चिताएको कामले तीव्रता पनि लिनेछ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। व्यक्तिगत खुसीका लागि केही धन खर्च भने अवश्य हुनेछ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन्। घरमा अतिथिको आगमन हुनेछ। पुरानो स्वास्थ्य राम्रो रहनेछ भने खुसीका निम्ति केही खर्च हुनसक्छ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज गरेको कामबाट अपेक्षाकृत सफलता हात पर्नसक्छ। आफन्त एवं इष्टमित्रसँग भेटघाट होला। शेयर बजारमा आकर्षण र लाभको अवसर आउनेछ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज उपहार प्राप्त होला। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ, तर दिनको उत्तरार्धमा धन खर्च हुनेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ। यात्रामा मालसामान पनि हराउन सक्छ, तर अन्तिम समयमा काम बन्नेछ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आँटेको र ताकेको कार्य पुरा होला। टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। समस्या सुल्झाउन सकिनेछ। शुभकार्यको चर्चा पनि चल्नेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज मनमा उत्साहका साथै बोली बिक्ने समय छ। शुभकार्यको चर्चा चल्नेछ। नयाँ जिम्मेवारी पाइएला। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज चलाखीपूर्ण बोलीले काम बन्ने र आर्थिक लाभ हुनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। आर्थिक एवं व्यावसायिक क्षेत्र सुदृढ रहनेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्।