अष्ट्रेलियाको न्यू साउथ वेल्समा पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु

0
102

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

सोमबार बिहानको अपडेट अनुसार न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा थप ५ हजार ४ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी २ हजार १ सय ७८ जना अस्पतालमा उपचाररत छन् भने ५९ जना आइ.सी.यु मा छन्।