अष्ट्रेलियाको भिक्टोरियामा थप ३ हजार ६ सय ४८ जना कोरोना संक्रमण पुष्टि

0
108

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका ३ हजार ६ सय ४८ जना नयाँ संक्रमित थपिएका छन्। सोमबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ७ हजार १ सय २३ जनामा कोरोना परिक्षण गरिएको थियो। सोही अवधिमा १५ जना संक्रमितले ज्यान गुमाएका छन्।

भिक्टोरियामा हाल २८ हजार ६ सय २१ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये ५ सय ७१ जनाको अस्पतालमा उपचार भइरहेको छ।