अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि आजको राशिफल (अगष्ट १४)

0
63
राशिफल
राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्वादिष्ट भोजन पाइनेछ। नयाँ कार्यको योजना बन्नेछ। वित्तिय संस्था बाट सहयोग पाइनेछ। नयाँ कार्यको योजना बन्नेछ। बोलीको प्रभाव बढ्नेछ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज आस मारेको काम बन्नेछ। अरुको मन जित्न सकिनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। अचल सम्पत्ति हात पर्ने योग छ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। चलाखीपूर्ण बोलीले काम बन्नेछ। पढाइ लेखाइमा उन्नति र प्रगतिको वातावरण बन्नेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज अनवास्यक यात्रा हुनसक्छ। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। जोशजाँगरमा पनि कमी ल्याउन सक्छ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। आँटेको र ताकेको कार्य पुरा हुनेछ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। न्यायिक कार्यमा सफलता मिल्नेछ। धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन्।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज बौद्धिक काममा सफलता मिल्नेछ। कला र गलाको प्रभाव बढ्नेछ। कुनै कुराले मनमा शान्ति छाउने र आत्मिक सन्तुष्टि मिल्नेछ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ। मित्रहरूले वचन पूरा नगर्लान्, तर साँझमा शुभ समाचार पाइनेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
न्यायिक कार्यमा सफलता मिल्नेछ। दैनिक कार्यमा प्रगति हुनेछ। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला। उपहार र मान सम्मान पनि पाइन सक्छ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज कार्य सम्पादनमा सहजता मिल्नेछ। मित्रबाट विशेष सहयोग मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ। रमाइलो यात्राको योग समेत रहेको छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने र मन प्रसन्न रहनेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ। आर्थिक कारोबारमा मन्दी आउनेछ। प्रेममा मनमुटावका साथै मानसिक चिन्ता बढ्नेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्।