अष्ट्रेलियाको न्यू साउथ वेल्समा पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु

0
67

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

आइतबार बिहानको अपडेट अनुसार न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा थप ६ हजार ९ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी २ हजार १ सय ४८ जना अस्पतालमा उपचाररत छन् भने ५८ जना आइ.सी.यु मा छन्।