अष्ट्रेलियाको भिक्टोरियामा थप ३ हजार ४ सय ५० जना कोरोना संक्रमण पुष्टि

0
71

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका ३ हजार ४ सय ५० जना नयाँ संक्रमित थपिएका छन्। आइतबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ९ हजार २ सय १६ जनामा कोरोना परिक्षण गरिएको थियो। सोही अवधिमा २४ जना संक्रमितले ज्यान गुमाएका छन्।

भिक्टोरियामा हाल २९ हजार ९ सय १४ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये ५ सय ७५ जनाको अस्पतालमा उपचार भइरहेको छ।