अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि आजको राशिफल (अगष्ट १३)

0
123
राशिफल
राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ। मन अध्यात्मतर्फ आकर्षित बन्नेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ। व्यवसायबाट पनि लाभ हुनेछ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट सहयोग मिल्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह रहला। रमाइलो यात्राको योग पनि रहेको छ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। परिवारका सदस्यहरूसित भेटघाट हुनेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। माया प्रेममा कमी आउन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ। आर्थिक कारोबारमा विवाद पनि आउला।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ। ऋण गरेरै भए पनि नयाँ सामान खरीद गरिनेछ, तर खानपिन र स्वास्थ्यको चैं विशेष ख्याल गर्नुहोला।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ। सुखद् यात्राको योग छ। दैनिक कार्यमा प्रगति हुनेछ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज आर्थिक कारोबारमा मन्दी आउनेछ। मनमा दुबिधा उत्पन्न होला। सौन्दर्यतामा धन खर्च हुनेछ, तर सन्तान तथा परिवारमा राम्रो मेलमिलाप हुनेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। रमणीय र सुखद् यात्राको हुनेछ। धार्मिक यात्राको योग छ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ। दैनिक कार्य सम्पादनमा सहजता मिल्नेछ। व्यापार व्यवसायमा पनि सफलता मिल्नेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज यात्रामा मालसामान हराउन सक्छ। कार्य सम्पादनमा समस्या आउला। साँझमा पैसा खर्च हुने योग छ। चोटपटकको भय छ सचेत रहनुहोला।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्।