अष्ट्रेलियाको भिक्टोरियामा थप ५ हजार १ सय ८० जना कोरोना संक्रमण पुष्टि

0
112

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका ५ हजार १ सय ८० जना नयाँ संक्रमित थपिएका छन्। शुक्रबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ६ हजार ४ सय १२ जनामा कोरोना परिक्षण गरिएको थियो। सोही अवधिमा १४ जना संक्रमितले ज्यान गुमाएका छन्।

भिक्टोरियामा हाल ३२ हजार ९ सय १६ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये ५ सय ५० जनाको अस्पतालमा उपचार भइरहेको छ।