अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि आजको राशिफल (अगष्ट ११)

0
101
राशिफल
राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। पेसा र व्यवसायबाट लाभ हुनेछ। कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। अध्ययनमा मन जानेछैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ। आर्थिक कारोबारमा विवाद पनि आउला।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। रमणीय, सुखद् र धार्मिक यात्राको योग छ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्ला। परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ। शेयर बजार तथा आर्थिक कारोबारमा सफलता मिल्नेछ, तर सौन्दर्यतामा धन खर्च हुनसक्छ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइने छ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज धार्मिक कार्यमा रुचि बढ्नेछ। शेयर बजारको लगानी र कारोबारमा सफलता मिल्नेछ, तर यात्रामा मालसामान हराउन चैं सक्छ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। व्यापार व्यवसायमा सफलता पनि मिल्नेछ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज काम बिगार्ने तथा तपाईंको नकारात्मक सोच्नेहरू सक्रिय हुनेछन्। आम्दानी हुने ठाउँमा शत्रुका आँखा लाग्न सक्छ ध्यान दिनुहोला।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
अधुरा र रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुनसक्नेछ। घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ। रमणीय र सुखद यात्राको योग पनि छ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्।