अष्ट्रेलियाको न्यू साउथ वेल्समा पछिल्लो २४ घण्टामा थप २९ जनाको मृत्यु

0
126

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

बिहीबार बिहानको अपडेट अनुसार न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा थप १० हजार ५ सय १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी २ हजार २ सय २३ जना अस्पतालमा उपचाररत छन् भने ६४ जना आइ.सी.यु मा छन्।