अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि आजको राशिफल (अगष्ट १०)

0
84
राशिफल
राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
श्रमको उचित मूल्याङ्कन हुनेछ। साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला। आर्थिक लाभ रहला । कुनै कुराले मनमा शान्ति छाउला।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अनावश्यक धन खर्च होला। गरेका कार्यमा ढिलासुस्ती हुनेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज वित्तिय संस्था बाट सहयोग पाइनेछ। विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ। विश्वास गरेकाले साथ दिनेछन्। शुभकार्यको चर्चा चल्नेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
शुभ कार्यमा सरिक भइनेछ। नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। अचल सम्पत्ति हात पर्ने योग छ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
धर्मकर्म, आराधना र उपासना गर्न पाइनेछ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। रोकिएको धन हात पर्ला। स्वादिष्ट भोजन पनि पाइनेछ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
गर्न खोजेका काममा सर्वत्र बिघ्नबाधा देखा पर्नेछ। सोचेका काममा उल्टापाल्टा परिणाम आउने अवस्था छ, तर साँझमा शुभ समाचार मिल्नेछ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। सोचेको र चिताएको कामले तीव्रता लिनेछ। धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
मनमा उत्साहका साथै बोली बिक्ने समय छ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। शुभकार्यको चर्चा चल्ने र सफल यात्राको योग पनि छ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
रोकिएको धन हात पर्ला। मिष्ठान्न भोजन प्राप्ति हुनेछ। मनोरञ्जनमा सहभागी भइएला। साँझमा पैसा खर्च हुने योग छ। अतिथिको सेवा होला।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज कार्यमा अवरोध आउला। यात्रामा मालसामान हराउन सक्छ। घरायसी झमेलामा परिएला। दिनको उत्तरार्धमा बढी धन खर्च हुनेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। पठनपाठनमा प्रगति हुनेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज धर्मकर्ममा रुचि बढ्नेछ। गरेका कामबाट राम्रै लाभ हुनेछ। अधुरो र नयाँ कार्यको थालनी हुनेछ। शुभ समाचार पनि सुन्न पाइएला।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्।