अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि आजको राशिफल (अगष्ट ६)

0
58
राशिफल
राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ। वित्तिय संस्थाबाट सहयोग मिल्नेछ। स्वादिष्ट भोजन पनि पाइनेछ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ। चिताएको कामले तीव्रता लिनेछ। नयाँ कामको थालनी हुनेछ। वैदेशिक कार्य पनि अघि बढ्नेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज नयाँ कार्यको योजना बन्नेछ। धार्मिक यात्राको योग छ। नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ। दैनिक कार्यमा प्रगति पनि हुनेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
अनावश्यक ठाउँमा धन खर्च होला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। वैदेशिक क्षेत्र कमजोर रहनेछ, तर आफन्तको सहयोग मिल्नेछ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। दिनको उत्तरार्धमा अधिक धन खर्च पनि हुनेछ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज नयाँ जिम्मेवारी पाइने र शुभकार्यको चर्चा चल्नेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। शेयर बजारको लगानीले पछि फाइदा पुर्याउनेछ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। आँटेको र ताकेको कार्य पुरा होला। प्रेममा मधुरता छाउनेछ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज सामान हराउने वा चोरी हुने सम्भावना छ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज रमणीय र सुखद् यात्राको योग छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। मनोरञ्जनमा सहभागी भइएला। विपरीत वर्ग प्रति आकर्षण पनि बढ्ला।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन्। घरमा अतिथिको आगमन हुनेछ। पुरानो समस्या सुल्झाउन सकिनेछ। सन्तान सुख पनि मिल्नेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
कीर्तिमानी काम गर्ने समय छ। चलाखीपूर्ण बोलीले कार्य बन्नेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। शेयर बजारको लगानीले फाइदा होला।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ। अरुको हितका लागि गरिएको कामबाट लाभ लिन सकिने छैन, राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्।