अष्ट्रेलियाको भिक्टोरियामा थप ६ हजार २ सय ६१ जना कोरोना संक्रमण पुष्टि

0
55

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका ६ हजार २ सय ६१ जना नयाँ संक्रमित थपिएका छन्। शनिबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा १३ हजार १ सय २८ जनामा कोरोना परिक्षण गरिएको थियो। सोही अवधिमा २४ जना संक्रमितले ज्यान गुमाएका छन्।

भिक्टोरियामा हाल ४८ हजार ३ सय ६ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये ६ सय ६८ जनाको अस्पतालमा उपचार भइरहेको छ।