बद्री पंगेनीको साथमा अष्ट्रेलियाको मेलवर्नमा नेपाल फेस्टिबल २०२२ धमाका

0
235

मेलवर्न। अष्ट्रेलियाको मेलबर्नमा ‘नेपाल फेस्टिवल २०२२’ को आयोजना हुनेभएको छ। अष्ट्रेलियामा नेपाली कला,संस्कृति, भाषा, परिकार लगायत नेपाली पर्यटनको प्रबर्द्धनका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले नेपाल फेस्टिवलको आयोजना गर्दै आएको छ।

यसबर्ष भिक्टोरिया राज्य समितिको आयोजना तथा ब्लुबेरी रियल स्टेटको मूख्य प्रयोजनमा सेप्टेम्बर १० मा नेपाल फेस्टिबलको आयोजना हुन लागेको छ। सँधै झै भब्यताका साथ सम्पन्न गर्न फेस्टिबलमा नेपाली सांस्कृतिक प्रस्तुतिहरु, प्रत्यक्ष सांगीतिक प्रस्तुति, नेपालको कला तथा संस्कृति झल्काउने डिस्प्ले, नेपाली परिकारको फुड स्टल रहनेछन्। मनोरंजनसंगै लोक तथा दोहोरी गीतको प्रबर्द्धन गर्ने उद्देश्यका साथ आयोजक संस्थाले फेस्टिबलमा लोकप्रिय लोक गायक बद्री पंगेनीलाई निमन्त्रणा दिएको छ। सबैको मनमुटुमा बस्न सफल चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनीको सहभागिता रहने भएको छ।

कार्यक्रममा आफू पहिलो पटक सहभागी भएको हुँदा मेलवर्नबासीहरुसंग प्रत्यक्ष रुपमा भेट्न पाउने कुराले निकै उत्साहित भएको कुरा उहाँले बताउनु हुन्छ। साथै यसरी सहभागी हुन पाएकोमा सम्पूर्ण आयोजक टिमलाई धन्यवाद दिँदै फेष्टिभलमा लाइभ दोहोरीको साथमा आफ्नो गितले सबै दर्शकहरुलाई मनोरन्जना गराउने प्रतिबद्धता प्रकट गर्नु भएको छ।