अष्ट्रेलियाको भिक्टोरियामा थप ७ हजार ५ सय २ जना कोरोना संक्रमण पुष्टि

0
69

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका ७ हजार ५ सय २ जना नयाँ संक्रमित थपिएका छन्। शुक्रबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा १४ हजार ७ सय ८२ जनामा कोरोना परिक्षण गरिएको थियो। सोही अवधिमा ३४ जना संक्रमितले ज्यान गुमाएका छन्।

भिक्टोरियामा हाल ५० हजार ३ सय ६२ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये ६ सय ९९ जनाको अस्पतालमा उपचार भइरहेको छ।