विदेशीहरुलाई नेपालको बारेमा चिनाउनुको साथै संस्कृतिको जगेर्ना गर्ने र पछिल्लो पुस्तालाई समेत सिकाउने कार्यक्रम नेपाल फेस्टिबल हो : बम योन्जन

0
377

आँखामा सपना मुटुमा देश बोकेर समुद्र पारि कर्मथलो बनाउने नेपालीहरूको रोजाईको  देश मध्य अष्ट्रेलिया एक प्रमुख देश हो। कर्मभुमी जहाँ भएपनि मातृभूमि प्रतिको प्रेम र सद्भावमा कत्ति  नै हो। नेपाली कला संस्कृति, भाषासाहित्य र नेपालको पर्यटकीय प्रवद्धन गर्ने उद्देश्य बोकेर एनआरएनए भिक्टोरियाले आगामी सेप्टेम्बर १० तारिखका दिन मेलबर्नमा नेपाल फेस्टिबलको आयोजना गर्दैछ। यतिबेला उक्त महोत्सवको लागि मेलबर्न र आसपासमा रहेका नेपाली संघसंस्था र सामाजिक अभियान्ताहरु तीव्र तयारीमा लागिरहेका छन। यसै बीचमा नेपाल फेष्टिबलको अतिथि व्यवस्थापनको जिम्मा सम्हाल्नुभएका समाजसेवी वस्थापनको तयारीका विषयमा कुराकानी गरेका छौं। उहाँसंग गरिएको कुराकानीको केहि अंश :

नेपाल फेष्टिबलको गरिमा र महत्वबारे प्रष्ट पारिदिनुस् न ?
नेपालको सांस्कृतिक र पर्यटकीय हिसाबले विदेशीहरुलाई नेपालको बारेमा चिनाउने संस्कृतिको जगेर्ना गर्ने र पछिल्लो पुस्तासम्मलाई सिकाउने र चिनाउने एउटा उत्सवको रुपमा मानिन्छ।

करिब एक महिना बाँकी रहँदा फेष्टिबलको तयारी कत्तीको रफ्तारमा गरिरहेको छ ?
सम्पूर्ण तयारी आ-आफ्नो क्षेत्रबाट नेपाली समुदायका अगुवाहरुले गरिराख्नुभएको छ। मलाई अतिथि व्यवस्थापनको जिम्मा भएको हुँदा यहाँको स्थानीय क्षेत्रबाट आउने अतिथिहरू करिबकरिब १२० जना अतिथिलाई निमन्त्रणा पठाई सकेका छौं।

कुन कुन क्षेत्रका अतिथिलाई समेट्नु भएको छ र खासगरी प्रमुख अथितिको रहनुहुनेछ टुंगो लागिसकेको छ ?
यो कार्यक्रम पर्यटन विशेष भएकोले पर्यटन मन्त्रालय विभागबाट र मल्टीकल्चरल विभागबाट प्रतिनिधिहरु नछुटुन भन्ने हाम्रो उद्देश्य छ। प्रमुख अथिति भिक्टोरियाको प्रिमियरलाई कोशिस गरेका छौं। प्रिमियर नआएको खण्डमा उहाँको कोही प्रतिनिधि रहनुहुनेछ।

कार्यक्रम खुला ठाउँमा हुने हुँदा भिड हुने सम्भावना देखिन्छ, यो अवस्थामा विशिष्ठ अतिथिहरुको सुरक्षा व्यवस्थापन र उहाँहरुलाई सहजरुपमा कार्यक्रम अवलोकन गराउनको लागी के कस्तो तयारी गर्नुभएको छ ?
यो मल्टीकल्चरल कार्यक्रम भएको  हुँदा र विगतका अनुभव हेर्दा सुरक्षाका हिसाबले कुनै अप्ठ्यारो हुन्छ जस्तो लाग्दैन। यद्यपि यहाँको  स्थानीय सुरक्षा  विभागसँग सहकार्य हामी सभ्य नेपाली हौं हामीले अतिथिको स्वागत र सम्मान गर्न जानेका छौं भन्ने कुरामा म विश्वस्त छु।

अतिथिलाई नेपालको कला संस्कृति बारे बुझ्न सहज बनाउन भाषा अनुबादको व्यवस्था गर्नुभएको  छ ?
आमन्त्रित अतिथीहरु प्राय औपचारिक कार्यक्रममा सहभागी हुनेहुँदा औपचारिक कार्यक्रममा सकेसम्म अंग्रेजी भाषा नै प्रयोग हुनेछ। यसले गर्दा अप्ठ्यारो नहोला यद्यपि जरुरी परेको खण्डमा हामीसंग प्रोफेशनल भाषा अनुवादकहरू पनि हुनुहुन्छ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
नेपाल र नेपालीको इतिहास पहिचान बोकेको कला संस्कृतिको प्रचार गर्ने सिग्निचर ईभेन्ट भएको हुनाले हाम्रो शान,मान र गौरवको लागि सम्पुर्ण हाम्रो समुदायलाई सक्रिय रुपमा भाग लिन को लागि अनुरोध गर्दछु।