“नेपाल फेस्टिबलमा प्रमुख प्रायोजकको रुपमा ब्लूबेरीलाई चिनाउन पाउँदा खुशी लागेको बताउनुहुन्छ” इन्द्र गुरुङ्ग

0
79

इन्द्र गुरुङ्ग ब्लूबेरी रियलस्टेटका हाउस एण्ड ल्याण्ड प्याकोजको लागि परियोजना बिक्री कार्यकारी अर्थात्
प्रोजेक्ट सेल्स् एक्जुकेटिभ हुनुहुन्छ । यस क्षेत्रमा उहाँको दुई वर्ष भन्दा बढीको अनुभव रहेको छ । यती
फुटबल क्लबमा पनि सक्रिय गुरुङ्ग नेपाल फेस्टिबलमा प्रमुख प्रायोजकको रुपमा ब्लूबेरीलाई चिनाउन
पाउँदा खुशी लागेको बताउनुहुन्छ । हामीले नेपाल फेस्टिबलसम्बन्धी केही प्रश्नहरु गरेका थियौ र उहाँले
ब्लूबेरी रियलस्टेटको नै प्रतिनिधि गरेर उत्तर दिनुभएको छ । प्रस्तुत छ उहाँसँग कुराकानी गरेको केही अंश:

नेपाल फेस्टिबल मेल्वर्नको टाइटल स्पोन्सर ब्लूवेरी रियल स्टेट रहेको छ । टाइटल स्पोन्सर गर्नुको उद्देश्य
?

सबैभन्दा पहिले त तपाईंलाई प्रश्नको लागि धन्यवाद । नेपाल फेष्टिभल मेलबर्नको आयोजना विगत लामो
समयदेखि भइरहेको छ । कम्तिमा पनि दुई वर्षमा एक पटक हामी नेपाली सबै एकै ठाउँमा भेला हुने मात्र
होइन आफ्ना अष्ट्रेलियन साथीहरुलाई पनि हाम्रो समूदाय, समाज देखाउने अवसर यो बेला प्राप्त हुन्छ ।
यस्तो अवसरमा गैरआवासीय नेपाली संघले हामीलाई नेपाल फेष्टिभल मेलबर्न २०२२ को यात्रामा
सहयात्रीका रुपमा सहभागी हुन गर्नुभएको आग्रहलाई हामीले स्वीकार गरेका हौं । हामी कुनै न कुनै रुपमा
सहभागी त भइनै हाल्थ्यौं तर मुख्य प्रायोजन नै बनेर नेपाल फेष्टिभलमा आफ्नो उपस्थितिको पछाडी हामी
हाम्रो व्यवसायका बारेमा धेरैभन्दा धेरै नेपालीहरुलाई थाहा होस् भन्ने चाहन्छौं । यो नै मुख्य कारण हो भन्ने
लाग्छ । तर, योसँगै नेपाली भाषा, संस्कृति, गीत, संगीतको प्रबद्र्धन गर्न पनि नेपाल फेष्टिभलले महत्वपूर्ण
भूमिका निर्वाह गर्छ भन्ने लाग्छ । हामीले अष्ट्रेलियामा हुर्कदो हाम्रो दोश्रो पुस्तालाई पनि आफ्नो उद्गमस्थल,
भाषा, संगीतको ज्ञान दिन आवश्यक छ । उनीहरुलाई यस्ता कार्यक्रममा सहभागी गराउनु आवश्यक छ र
यस्तो कार्यमा हामी सदैव समाज र समूदायका साथमा छौं भन्नका लागि पनि हामीले यो निर्णय गरेका हौं ।
नेपाल फेष्टिभलमा प्रमुख प्रायोजक बन्दा धेरै लगानी पनि गर्नुपर्छ भनिन्छ । तपाईंहरु ब्लूबेरी

रियलस्टेटको मात्रै प्रबद्र्धन गर्न चाहनुहुन्छ कि फेष्टिभलमा अरु पनि योजना छन् ?

ब्लूबेरी रियलस्टेट हामीले सुरु गरेको केही समय मात्र भएको छ । तर, हामी यो विजनेसमा विगत लामो
समयदेखि छौं । अझ अहिले त हामी रियलस्टेट व्यवसायमा यसको योजना, विकासको तहमा पनि काम
गरिरहेका छौं । धेरै कमर्सियल प्रोजेक्टहरुमा समेत हाम्रो संलग्नता छ । ब्लूबेरी, भीडीए फाईनान्स एण्ड
क्यापिटलले भिक्टोरियामा रहेका नेपाली समूदायका धेरैलाई आफ्नो सेवा दिइसकेको छ । उहाँहरुको
प्रतिक्रियाबाट हामी उत्साही छौं । तर, नेपाल फेष्टिभलमा भने हामीले ब्लूबेरीलाई नै प्रबद्र्धन गर्न जोड
दिनेछौं । किनकि, हामी चाहन्छौं यो नेपाली समूदायसम्म मात्र सीमित नबनोस् । अष्ट्रेलियाकै विश्वासिलो
ब्रान्ड बनाउने हाम्रो योजना हो । नेपाल फेष्टिभलका टाईटल स्पोन्सर गर्ने भन्ने कुरा सजिलो त होइन तर
यति पैसा तिरियो । यो धेरै हो या थोरै हो भन्ने हामीले हिसाब गरेका छैनौं । माथि नै भनियो योसमूदायसँगको सहकार्यका लागि पनि हो अनि हाम्रो व्यवसायिक प्रबद्र्धन पनि हो ।

– फेस्टिबलमा कतिवटा स्टल राख्दै हुनुहुन्छ ?

टाईटल स्पोन्सरको रुपमा हामीले प्राप्त गर्ने स्टलहरु नै हामीले राख्ने हो । मेरो विचारमा सम्झौतामा यो
विषय लेखिएको छ । हामी ब्लूबेरी रियलस्टेटको दरिलो उपस्थिति त्यहाँ आउने दर्शकहरुसमक्ष राख्नेछौं ।
अहिलेलाई यत्ति नै भनौं ।

– नेपाल फेस्टिबलमा तपाइँहरुको लक्षित ग्राहक नेपाली मात्रै हुन्छ कि अरु समुदायको पनि ?

शायद यसको जवाफ मैले माथि दिइसकेको छु । तर, फेरि भन्छु नेपाल फेष्टिभल खासमा नेपालीहरुको
लागि मात्र होइन । यो त बहुसांस्कृतिक अष्ट्रेलियामा नेपाली समूदायको उपस्थिति देखाउने एउटा माध्यम

हो । मेलबर्नको मुटु फेडेरेसन स्क्वायरमा नेपाली चन्द्रसूर्य अंकीत झण्डा फहराउँदै नेपाल फेष्टिभल मनाउनु
आफैंमा गर्वको विषय हो । त्यसैले हाम्रो लक्षित वर्ग बृहद अष्ट्रेलियन समाज नै हो ।

नेपाली समुदायका अन्य रियल स्टेट विजनेशहरुले पनि नेपाल फेस्टिबलमा भाग लिदैँछन् । तपाइँ
यसलाई कस्तो रुपमा लिनु हुन्छ ?

यो एकदमै खुशीको कुरा हो । पछिल्लो समयमा नेपालीहरुको रोजाईको पेशा रियलस्टेट बन्न पुगेको छ ।
हामी समग्र अष्ट्रेलियन रियल स्टेट विजनेसको कुरा गर्ने व्यक्तिहरु हौं त्यसैले यसमा कसको, को को सहभागी
भन्ने विषय रहेन । हामी मुख्य प्रायोजकका रुपमा रहेका छौं । अन्य साथीभाईहरु पनि यसमा आउनुहुन्छ
भने थप खुशी नै हुनेछौं ।

– हरेक दुई वर्षको अवधिमा आयोजना हुने नेपाल फेस्टिबलले कति हद सम्म नेपालको कला, संस्कृति,
भाषा, भेषभूषा र खानालाई प्रवद्र्धन गरेको जस्तो लाग्छ ?

प्रबद्र्धन भएको छ । हामीले धेरै नेपाल फेष्टिभल देखिसकेका छौं । १० वर्ष अघि नेपाल फेष्टिभलमा कुनै
एउटा नेपाली गीतमा नाचेको हाम्रो दोश्रो पुस्ता अहिले परिपक्व युवा बनिसकेका होलान् । उनीहरुलाई
नेपाली भाषा, कला, संस्कृतिमा यो सहभागिताले रुचि जगायो होला । यस्तै हामीले देख्ने गरेका छौं नेपाल
फेष्टिभलको दिनभर त नेपाली दौरा सुरुवाल लगाउने हो भन्ने पनि कैयौ जमात छन् । त्यति गर्न नसकेपनि
कम्तिमा परेडमा आउँदा त हामीले आफ्नो भेषभूषा देखाउनुपर्छ भन्ने धेरै नै भेटेको छु । अर्कोतर्फ हामीले के
पाएका छौं भने नेपाल फेष्टिभल केही घण्टाको नभएर पूरै दिनभरको कार्यक्रम हुँदा यहाँ फुड स्टल राख्ने कैयौं
नेपाली रेष्टुरेन्टहरुले पनि आफ्नो सेवालाई थप मानिसहरुमाझ लैजान पाएका छन् । विदेशीहरु जो एक
पटक नेपाल गएका छन् र नेपाली खानाको पारखी छन् उनीहरुको लागि त एकै ठाउँमा विभिन्न स्वाद प्राप्त
गर्नसक्ने संगम नै बन्छ होला नेपाल फेष्टिभल । यी सबै कारणहरुले गर्दा तपाईंले भनेजस्तै नेपाल फेष्टिभलले
नेपाली भाषा, संस्कृति, गीत संगीत मात्र नभएर नेपाली खानाहरुको समेत प्रबद्र्धन गरेको छ भन्ने लाग्छ ।

– कसरी नेपाल फेस्टिबललाई अझ उच्चस्तरिय र विशेष बनाउन सकिन्छ जस्तो लाग्छ ?

यो नेपाल फेष्टिभल हरेक वर्ष उत्कृष्ट र थप परिमार्जित हुँदै गएको छ यो हामी सबैलाई थाहा छ । अघिल्लो
पटक भन्दा केही नयाँ गरौं भन्ने सबैको ध्येय हुने गर्दछ । हामीले मुख्यत ध्यान दिनुपर्ने विषय हाम्रा अन्य
अष्ट्रेलियन बहुसांस्कृतिक समाजका व्यक्ति व्यक्तित्वहरुको सहभागिता हो । यदि हामीले त्यसतर्फ ध्यान दिन
सक्यौं भने यो अझ विशेष बन्नेछ । हाम्रो नेपाल फेष्टिभलमा भिक्टोरियाका मुख्यमन्त्रीलाई किन नबोलाउने
? हामीले अष्ट्रेलियाकै संघीय सरकारका उच्चस्तरीय अतिथिलाई किन नडाक्ने भन्ने लाग्छ । हामीले यस्तो गर्न
सक्यौं भने उनीहरुको माझमा पनि अष्ट्रेलियन अर्थतन्त्रमा हामीले दिएको योगदान । बहुसांस्कृतिक
समाजमा हाम्रो पहिचान र नेपाली मूलको अष्ट्रेलियन हुनुको गौरवबोध गर्न पाउनेछौं भन्नेमा म ढुक्क छु ।

– अन्त्यमा नेपाल फेस्टिबलमा खट्नुहुने सबैजना के भन्न चाहनुहुन्छ ?

हेर्नुहोस् । नेपाल फेष्टिभलमा हामीले धेरै मानिसको सहभागिताको कुरा गर्छौं । तर, यसको पछाडि
नेपथ्यमा बसेर काम गर्ने सबै मानिसहरु स्वयंसेवी भावनाले यसमा सहभागी भएका छन् भन्दा यसै पनि
गर्व लाग्छ । किनकि, उनीहरु सबैको एकमात्र उद्देश्य भनेको नेपाली गीत, संगीत, संस्कृति, परम्परा र
परिकारहरुको प्रबद्र्धन नै हो । समग्रमा अष्ट्रेलियामा नेपालको प्रबद्र्धन नै हो । हामीले लाखौं डलर खर्च
गरेर पनि प्राप्त गर्न नसक्ने स्वयंसेवकहरुमार्फत पाइरहेका हुन्छौं । यसैकारण पनि यो विशेष उत्सव हो भन्ने
मलाई लाग्छ । म आज तपाईंको यो मिडिया मार्फत नै यी तमाम स्वयंसेवकहरुलाई नमन गर्न चाहन्छु ।
उहाँहरुले दिनुभएको योगदानका लागि धन्यवाद भन्न चाहन्छु । र, अन्त्यमा तपाईंलाई पनि यो अवसर
दिनुभएकोमा धेरै धेरै धन्यवाद ।