नेपाल फेष्टिभललाई रातो र निलो रङ्गको डिजाइनमा प्रस्तुत गर्न लागेका छौँ, जुन नेपाल रातो रङ्गले नेपाल र अष्ट्रेलियाको साझा रंग हो : सुधिर शाक्य

0
387

मेल्वर्न नेपाली समाजमा एक डेढ दशक भन्दा लामो समयदेखि नेपाली कला, संस्कृति, भाषा, भेषभूषाको प्रबर्धन गर्दै आएका नेप्लीज् एशोशिएसन अफ भिक्टोरीयाका पूर्व अध्यक्ष सुधिर शाक्यको परिचय एउटा संस्थाको एउटा पदमा मात्रै सिमित छैन। उनी भिक्टोरीयाको नेपाली महावाण्ज्यिदूत कार्यलयको सल्लाकार, सोलाङ्गचरका निर्देशक, न्याभका पूर्व अध्यक्ष, एनआरएनए निर्वाचन आयोगको सदस्य तथा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अन्य पनि विभिन्न संस्थामा विभिन्न रुपमा आवद्ध छन्। उनी जुन संस्थामा जसरी आवद्ध हुन्छन् त्यहाँ नेपाली कला–संस्कृतिको भाषाको प्रवद्र्धन गर्नमा तल्लीन रहन्छन्। त्यसैले पनि मेल्वर्नका मुख्य ठूला कार्यक्रमहरुमा र कार्यक्रमको कमिटिमा सुधिर शाक्यको नाम छुटाउन कोही चाहँदैन। त्यसरी नै यसपाली सेप्टेम्बर १० मा हुन गइरहेको एनआरएनए भिक्टोरीयाको सिग्नेचर कार्यक्रम नेपाल फेस्टिबल मेल्वर्नन २०२२ पनि शाक्य डिजिटल कला तथा डिजाइनिङ्ग टास्कफोर्सको संयोजक भएर काम गरिरहेका छन्। उक्त टास्कफोर्समा के के कार्य भइरहेको छ यसको बारेमा उनीसँग गरेको संक्षिप्त कुराकानी :

नेपाल फेष्टिभलको तयारी कस्तो भैइरहेको छ ?
हामी सबै जनाले आ–आफ्नो सेक्टरबाट सक्दो काम गरिरहेका छौँ। म चाँही मेरो ठाउबाट यहाँको क्रिएटिभिटि बनाउने काम गरेको छु।अघिल्ला बर्ष भन्दा यो बर्ष अझ भव्य बनाउनको लागि हामी हरेक काममा लागिपरेका छौँ।

यो पटक नेपाल फेस्टिबलको सोलोगन के छ र यो सोलोगन राख्नुको प्रमुख कारण ?
यो पटक को सोलोगन चाहिं “सेलिब्रेटिङ्ग कल्चर इम्प्रेसन डाइभरसिटि“ रहेको छ। हामी नेपालीहरु अष्ट्रेलियामा रहेर नेपालको धर्म सस्कृतिहरुलाई प्रस्तुत गर्नुको साथै नेपाली मौलिकपनलाई जोगाउने कोसिस गरेका छौँ। हाम्रो प्रोग्रामलाई रातो र निलो रङ्गको डिजाइनमा प्रस्तुत गर्न लागेका छौँ, जुन नेपाल रातो रङ्गले नेपाल र अष्ट्रेलियाको साझा रंग हो। अधिकाँश नेपालीहरु यहाँ रहेकोले नेपाल जस्तै अष्ट्रेलियालाई पनि एउटा बहुसस्कृतिक मुलुकको रुपमा चिनाउनमा पनि यो कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेलेको हुन्छ। हो, यसै कार्यक्रमबाट नेपाली सस्कृतिहरु लाई झल्काउने नेपाल लाई चिनाउने मठ मन्दिर ,गुम्बा , सगरमाथाहरुलाई पनि हाम्रो डिजाइनमा समावेश गरेको छौ। हामीले चुच्चे नक्सा पनि राखेका छौ र नक्सामा नेपाल र अष्ट्रेलिया को झण्डा, लालिगुरास, सुर्य, चन्द्रमा, लाई राखेका छौ।

लोगो पनि त्यही अनुरुप डिजाइन गरेको देखिन्छ। कस्तो प्रतिक्रिया पाइरहनुभइको छ ?
प्रतिक्रिया राम्रो नै छ। विभिन्न डिजाइन लिएर हामीले पब्लिक ओपनियन, भोटिङ्ग लिएका थियौ अनि यही लोगो धेरैले मन पराउनुभएकोले हामीले यसलाई नै राख्यौ।

यो पटक फेस्टिबल अलि फरक बनाउन के गर्दै हुनु हुन्छ ?
यो पटक फरक बनाउन सबैले हर प्रयास नै गरेका छौ। कला संस्कृति उही हो त्यही प्रिजेन्टेसन अलि फरक बनाउने हो। हामीले त्यसमा सल्लाह गर्दछौ।

लामो समयदेखि नेपाल फेस्टिभलमा आवद्ध भएर काम गर्दा कस्तो अनुभव भएको छ ?
एकदम खुसी लाग्छ, अष्ट्रेलियामा भएर पनि हामीले नेपाली मौलिक सस्कृतिहरुलाई जोगाइरहेका छौ। यो भन्दा अगाडी कोभिडको कारणले गर्दा हामीले यो फेस्टिभल कार्यक्रम गर्न सफल भएनौ।त्यसैले अहिले चाहि यो प्रोग्राम गर्न पाउदा धेरै खुसी छु।