मन्त्रिपरिषद्को बैठक बस्दै,आमनिर्वाचनको मिति तोकिन सक्ने

0
152

काठमाडौं। मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो बस्ने बैठकबाट आमनिर्वाचनको मिति तोकिन सक्ने एक मन्त्रीले जानकारी दिए। निर्वाचन आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ।

निर्वाचन आयोगले आउँदो मंसिर २ गते गर्ने गरी प्रदेश र प्रतिनिधिसभाको मिति प्रस्ताव गरेको छ। त्यसमा अध्ययन गरी सरकारले निर्णय गर्नेछ। सामान्यतः १२० दिन अगावै निर्वाचन मिति घोषणा गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ। मंसिर २ को समयसीमा घर्किसकेको छ। तर निर्वाचन आयोगले सरकारले मिति घोषणा गरे मंसिर पहिलो साता नै निर्वाचन गर्न सक्षम हुने प्रष्ट पारेको छ।