

अष्ट्रेलिया अहिले सबैको लागि आकर्षणको केन्द्र बनिरहेको छ। तर अष्ट्रेलिया बसोवास गर्नुका सहज र जटिल पक्षलाई राम्रोसंग बुझेर मात्र अष्ट्रेलिया आउनु उपयुक्त हुन्छ। यहाँ अष्ट्रेलियामा बसोवास गर्नुका सहज र जटिल पक्षको बारेमा चर्चा गरिएको छ:
सहज पक्ष :
यदि तपाईं अष्ट्रेलियन नागरिक बन्ने लक्ष्य लिनुभएको छ भने अष्ट्रेलियाको नागरिकता प्राप्त गर्न सक्नुहुन्छ। त्यसको लागि पहिले यहाँको स्थायी बासिन्दा (पीआर भिसा होल्डर ) बन्नुपर्छ। यहाँको स्थायी बासिन्दा बन्नको लागि अस्ट्रेलियामा कम्तिमा ४ वर्ष बसोबास गर्नुपर्दछ त्यसपछि नागरिकता प्रमाणपत्रका लागि परिक्षा दिनुपर्छ।
अष्ट्रेलियामा बसोबास गर्दा पाउने उत्तम सुविधा मध्ये स्वास्थ्य सेवा पनि हो। यहाँ बसोबास गर्ने हरेक नागरिकले अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सुविधा पाउँछन्। अष्ट्रेलिया भन्दा बाहिरबाट आउने प्रवासीले पनि सोहि अनुरुपकै सुविधा पाउन सक्छ। यहाँका स्थायी बासिन्दाले अत्यन्तै कम मूल्यमा आफ्नो उपचार गर्न सक्छन् भने कुनै उपचार नि:शुल्क पनि हुनसक्छ।

अष्ट्रेलियामा वार्षिक औसत तलब ९१,५५० अष्ट्रेलियन डलर छ जुन अरु देशहरुको तुलनामा राम्रो छ।
अष्ट्रेलिया मानिसका साथै संसारमा भएका अन्य प्राणीहरुको लागि पनि उत्तम वासस्थल हो।
अष्ट्रेलियाका सिड्नी ,मेलबोर्न र पर्थ संसारका उत्कृष्ट बसोबास स्थल अन्तर्गत पर्दछन्।
जटिल पक्ष:
अष्ट्रेलियाको जीवनशैली उच्च कोटीको छ जुन महँगो पनि हुनसक्छ। घरभाडा छोडेर एकजना मानिसको औसत मासिक खर्च ८०० देखि १००० डलरसम्म हुन्छ।
प्रवासीलाई नागरिकता लिन सजिलो त छ तर त्यो पाउनुभन्दा पहिले पीआर भिसा पाउनु गाह्रो छ। पीआर भिसा प्राप्त गर्नको लागि कागजी प्रक्रिया लामो हुन्छ साथै अष्ट्रेलियन सरकारद्वारा भिसा आवेदकको चरित्रको पनि जाँच हुन्छ।
अष्ट्रेलियाका एकदेखि अर्को शहर निकै टाढा छन्। जसले गर्दा साथीभाई वा आफन्तसंग भेटघाट गर्न गाह्रो हुन्छ अनि प्रवासीलाई आफू एक्लो भएको महसुस हुन सक्छ।
धेरै घुम्ने र रमाइलो यात्रा गर्ने चाहना राख्नेहरुका लागि अष्ट्रेलिया उपयुक्त नहुन सक्छ। किनकी भौगोलिक विशालताका कारण यहाँको एक ठाउँबाट अर्को ठाउँमा पुग्न घन्टौं हवाई यात्रा गर्नुपर्छ जुन अन्तर्राष्ट्रिय यात्रा जतिकै लामा हुन्छन्।
Are you Planning to Study in Australia ? If yes, Just Click Here and fill this form.