अष्ट्रेलियामा नेपाल फेष्टिभल हुदै

0
134

मेलवर्न। अष्ट्रेलियाको मेलवर्नमा नेपाल फेष्टिभल हुने भएको छ। नेपाली मौलिकन झल्काउने हिसाबले एनआरएनएको मुख्य आयोजनामा सो महोत्सबको आयोजना गरिएको हो।

गैरआबसीय नेपाली संघले आयोजनाले गरेको फेष्टिभललाई सधै झैँ भव्यताका साथ सम्पन्न्न गर्ने संस्थाको दावी छ। पारिवारिक माहोल रहने फेष्टिभलमा नेपाली बहुसांस्कृतिक नुत्यहरुको प्रदर्शनी रहने छ। त्यसैगरी महोत्सबलाई अझ भव्य बनाउनकोलागि नेपाली खानाको परिकारसंगै स्वादिष्ट म :म: को समेत व्यवस्था रहेको आयोजक संस्थाले जानकारी दिएको छ।

नेपाल फेष्टिभल आगामी सेप्टेम्बेर १० तारिख शनिबार भिक्टोरियाको फेडेरेसन स्क्यारमा हुने भनिएको छ।