अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि आजको राशिफल (जुलाई १७ )

0
128

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
दिन भाग्यशाली भएर देखा पर्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज आम्दानी नहुँदा आर्थिक रुपमा कमजोर भएको महसुस हुनेछ, तर ठूलाबडाको आशीर्वादले पाइएमा भने रोकिएको काम बन्नसक्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् । आफन्तसँग भेटघाट पनि हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषि व्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज भनेको कुराको विपरीत अर्थ लाग्नसक्छ । व्यापारको सिलसिलामा घरबाट टाढा जानुपर्ने हुन सक्छ, तर वैदेशिक कार्यहरू अघि बढ्नेछन्।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । एउटै आर्थिक कारोबारमा सफलता पाइएला । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै बाहन लाभ हुने समय छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज बेला बेलामा मनमा अशान्ति तथा चञ्चलता आउन सक्छ । परिवारका लागि धेरै समय दिन पाइने छैन, तर आर्थिक लाभ भने मिल्नसक्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक धन लाभ हुनेछ । मिहिनेत गर्दा अधिक प्रगति हुनेछ । तर अरुको भलाइका लागि दौडधुप गर्नु पर्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।