अष्ट्रेलियाको भिक्टोरियामा थप १० हजार २ सय ६५ जना कोरोना संक्रमण पुष्टि

0
293

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका १० हजार २ सय ६५ जना नयाँ संक्रमित थपिएका छन्। बिहिबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा १३ हजार ८ सय ५६ जनामा कोरोना परिक्षण गरिएको थियो। सोही अवधिमा १२ जना संक्रमितले ज्यान गुमाएका छन्।

भिक्टोरियामा हाल ५१ हजार ४ सय ९ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये ५ सय ९२ जनाको अस्पतालमा उपचार भइरहेको छ।