“आफ्नो पसिना विदेशमा बगाउनु भन्दा स्वदेश मै बगाउनु ठिक”

0
315

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौँ, बानेश्वोर घर हुनुभएको अशोक सिम्खडासंग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मलाई मेरो भाईले पठाइदिएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
भाईले आफुले दु:ख गरेर कमाएको पैसाले दाजुको लागि सम्झेर उपहार पठाएको हुँदा धेरै खुसी लागेको छ।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
भाई अष्ट्रेलिया गएको ३/४ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
भाई अष्ट्रेलियाको सिड्नीमा बस्छ।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
अष्ट्रेलिया जस्तो विकसित देशमा गएर आफ्नो पढाईको साथ साथै भविष्य पनि राम्रो बनाउन गएको हुँदा मलाई मात्र नभई सबै परिवारलाई धेरै राम्रो लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
आफ्नो दाजुभाई दिदीबहिनी बिना त चाडपर्व पनि नराम्रो लाग्ने रहेछ। अरुबेलामा भन्दा चाडपर्वको बेलामा अझ बढी सम्झना आउँछ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
मेरो बिचारमा अरु देशहरुमा सेटल हुनुभन्दा नेपाल नै फर्किनु राम्रो हो। स्वदेशमा राम्रो पढाई र रोजगार नहुने हुँदा विदेशमा पढ्न र केहि कमाउन जाने हो। आफ्नो पढाई सकेर केहि पैसा कमाएपछि त्यहाँ सिकेको अनुभवलाई स्वदेशमा उतार्नु पर्छ। यस्तो गर्दा देशमा केहि कुराको विकाश हुने सम्भावना बढि हुन्छ। आफ्नो सपना पुरा गर्न जाने हो विदेश सेटल हुन होइन। कमाउने उमेर सम्म विदेशमा बसेर कमाउने बाकि उमेर स्वदेशमा आएर रमाउने जस्तो लाग्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म अष्ट्रेलिया अहिलेसम्म गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
अष्ट्रेलियाको सरसफाई देखि लिएर सबै कुराहरु राम्रो लाग्छ। अष्ट्रेलिया बारे नराम्रो भन्नको लागि म संग केहि कुराहरु छैन।

अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ?
अष्ट्रेलिया घुम्नको लागि जाने सोच बनाएको छु।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
नेपालीहरु यी देशहरुमा सेटल भएर बस्नु कत्ति पनि ठिक होइन। नेपाली भइसकेपछि आफ्नो पसिना अरुको देशमा बगाउन भन्दा आफ्नै देशमा परिवारको साथमा बसेर बगाउनु ठिक हो। अरुको देशमा जति पैसा कमाउन सकेपनि आफ्नो परिवारको साथमा बसे जस्तो हुँदैन। सबै कुरा पैसाले मात्र किन्न पनि सकिदैन। आफुलाई दु:ख पर्दा आफ्नो परिवारको साथ जस्तो अरुको साथ हुँदैन। सधैँ पैसा पैसा भनेर मात्र पनि हुँदैन, पैसा जतिकै आफ्नो परिवारको साथ पनि आवश्यक पर्छ। त्यसकारण अरुको देशमा भन्दा आफ्नै देशमा दु:ख सुख गरेर बस्नु राम्रो हुन्छ जस्तो लाग्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
राम्रोसंग बस्नुहोला। आफ्नो ख्याल राख्नुहोला भन्न चाहन्छु।