“विदेशमा गएर नै आफ्नो भविष्य बनाउन सकिन्छ भन्ने हुँदैन”

0
162

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ । अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ ? अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले भक्तपुर, कौशलटार घर हुनुभएका तारा प्रसाद भण्डारीसँग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मलाई मेरो छोरा बुहारीले पठाईदिएका हुन्।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
टाढा भएका छोराबुहारीले आमाबुवालाई सम्झेर उपहार पठाएको हुँदा अवश्य पनि खुसी लाग्छ नि ! हामी सबै परिवारलाई धेरै राम्रो लागेको छ।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उनीहरु अष्ट्रेलिया गएको १०/१२ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
उनीहरु अष्ट्रेलियाको क्यानबेरामा बस्छन्।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
आफ्नो साथ साथै आफ्नो सन्तानको पनि भविष्य उज्जल बनाउन गएको हुँदा धेरै खुसी लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
चाडपर्वको बेलामा मात्र होइन, सधैभरि सम्झना आउँछ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
उनीहरुले आफ्नो भविष्य र सन्तानको भविष्य राम्रो देखेर उतै नै सेटल भैसकेका छन्। हामीहरुलाई त आफ्नो सन्तान आफूसंगै नै बसे हुन्थ्यो जस्तो लाग्छ। उनीहरु जता सेटल भएर बसेपनी भविष्य राम्रो होस् जस्तो लाग्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म अष्ट्रेलिया २ चोटी गएको छु।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
मलाई अष्ट्रेलियाको सरसफाई, वातावरण राम्रो लाग्छ। अष्ट्रेलिया बारे नराम्रो भन्नको लागि केहि कुरा छैन।

अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ? ( पढ्न/ घुम्न/ काम गर्न)
मैले अहिले केहि सोच बनाएको छैन।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
आफू नेपाली भएर पनि आफ्नो देश छोडेर अन्य देशहरुमा गएर सेटल हुनु मलाई त खासै राम्रो लाग्दैन। तर नेपालीहरु स्वेदेशमा राम्रो रोजगार र भविष्य नभएको हुँदा विदेश तिर नै सेटल भएर बसेका हुन्छन्। आफुसंग भएको केहि सानो सिपलाई सदुप्रयोग गरेर त्यसलाई ठुलो बनाउन सक्यो भने त्यसबाट पनि आफ्नो भविष्य बनाउन सकिन्छ। विदेशमा गएर नै आफ्नो भविष्य बनाउन सकिन्छ भन्ने हुँदैन।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
सबैजनाले आफ्नो ख्याल राख्नुहोला भन्न चाहान्छु।