अष्ट्रेलियाको नियोबैंक भोल्ट बन्द हुदैं, ग्राहकलाई दियो एक हप्ता समय

0
146

मेलबर्न । अष्ट्रेलियाको डिजिटल बैंक नियोबैंक भोल्ट बन्द हुने भएको छ। यसैकारण ग्राहकहरूलाई आफ्नो रकम फिर्ता लान एक हप्ताको समय दिइएको हो।

यो बैंकले २०१९ मा सञ्चालनका लागि अनुमति पाएको थियो। त्यस्तै, अष्ट्रेलियन प्रुडेन्सियल रेगुलेशन अथोरिटीबाट अनुमति पाउने पहिलो स्टार्ट–अप भएको थियो। नियोबैंक एक प्रकारको बैंक हो जुन अन्य प्रमुख बैंकहरू जस्तै परम्परागत इन–पर्सनल शाखाहरू बिना नै अनलाईन रूपमा सञ्चालन हुन्छ। भोल्टले आफ्नो निक्षेप लिने व्यवसाय बन्द गर्ने कठिन निर्णय गरेको छ र आफ्ना खातावालाहरूलाई सबै निक्षेपहरू फिर्ता गर्ने प्रक्रिया सुरु गरेको छ। बैंकले एक विज्ञप्तीमा भनेको छ। ग्राहकहरूले सबै भोल्ट खाताहरूमा रहेको मौज्दात रकम ५ जुलाई २०२२ अघि अर्को वित्तीय संस्थाको नामांकित बैंक खातामा स्थानान्तरण गर्नु पर्नेछ। सबै खाताहरूमा ब्याजदर शून्यमा सेट गरिएको छ र ग्राहकहरूलाई आफ्नो खाताहरू तत्काल प्रयोग गर्न बन्द गर्न आग्रह गरिएको छ। स्थानान्तरण सीमा पनि २ लाख ५० हजार बनाइएको छ।

बैंकले बन्द हुनुको कारण महामारी र वर्तमान चुनौतीपूर्ण विश्वव्यापी आर्थिक वातावरण भएको बताएको छ जसको अर्थ बैंक सञ्चालनमा रहन आवश्यक कोष सुरक्षित गर्न असमर्थ भएको छ। गत वर्ष पनि यस्तै कारणले गर्दा सिंजा नियोबैंक बन्द भएको थियो।