अष्ट्रेलियाको केयर गिभर क्षेत्रमा कामदारहरूको अभाव

0
137

अष्ट्रेलिया । अष्ट्रेलियाको केयर गिभर क्षेत्रमा कामदारको चरम अभाव रहेको पाइएको छ। गत वर्षको अगस्टदेखि यो क्षेत्रका १८ हजार कामदारले काम छोड्दा कर्मचारी अभाव भएको पाइएको हो।

कमिटी फर इकोनोमिक डेभलपमेन्ट अफ अष्ट्रेलियाको रिपोर्टले कोरोना महामारीको ठूलो प्रभावका कारण अष्ट्रेलियाको एज्ड केयर क्षेत्रमा कर्मचारीहरूको अभाव भएको उल्लेख गरेको छ। सोही रिपोर्टमा हरेक वर्ष अष्ट्रेलियाको एज केयर क्षेत्रबाट ६५ हजार मानिसहरू अलग्गिने समेत उल्लेख गरिएको छ। एज केयरको मावनश्रोत पहिले नै कर्मचारी अभाव, कम तलब र खराब कामको अवस्थाले ठूलो दवावमा परेको थियो। कोरोना महामारीले यो मुद्दाहरुलाई बढाउनु अघि नै ठूलो समस्या यस क्षेत्रमा रहेको रिपोर्टमा उल्लेख छ।

अष्ट्रेलियाली नर्सिङ एण्ड मिडवाइफरी फेडेरेसनले यस वर्षको सुरुमा गरेको सर्वेक्षणमा पाँचमध्ये एक जना कामदारले अर्को वर्ष जागिर छाड्ने योजना बनाएको पाइएको थियो। पाँच मध्ये दुई जनाले अर्को एक देखि पाँच वर्षमा काम छोड्ने योजना बनाएको समेत पाइएको छ।