अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि आजको राशिफल (जुन २९)

0
79
राशिफल
राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। आँटेको र ताकेको कार्य पुरा होला। पार्टनरसिपको कार्यमा सफलता मिल्नेछ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। पढाइ लेखाइमा प्रगति हुनेछ। रमाइलो यात्राको योग रहेको छ, साथै नयाँ कार्यको योजनले गति पाउनेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज पढाइ लेखाइमा मन जानेछ। प्रेमको डोरो कसिलो भएर जानेछ। पढाइ लेखाइमा मन पनि जानेछ, तर स्वास्थ्यको ख्याल गर्नु होला।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
व्यवहारमा सतर्कता अपनाउनु पर्ला, नत्र झुटो बोल्न बाध्य भइनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर साँझ सम्म धन हात पर्न सक्छ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज आँटेको र ताकेको कार्य पुरा होला। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। व्यापारमा सफलता मिल्नेछ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज स्वादिष्ट भोजन पाइनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्ला। कुटुम्बको सहयोग पनि मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। सन्तान सुख मिल्नेछ। चुनौतीको सामना गर्नुपर्ला तर यात्रा सफल नै हुनेछ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
धूम्रपान र मद्यपानबाट ढाडै रहनु होला। गरेको कार्यमा बाधा आउनसक्छ, तर आर्थिक लाभ भने हुनेछ। वैदेशिक र प्राविधिक कार्यमा राम्रो हुनेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। शुभ समाचार सुन्न पाइएला। नयाँ कार्यको थालनी हुनसक्छ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज रोकिएका काम पुनः सुरु हुन सक्छन्। धार्मिक तथा समाजसेवामा मनलाग्ने छ। रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। नयाँ कार्यको थालनी हुनेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या र औषधी उपचार खर्च बढ्नेछ, तर दिनको उत्तरार्धमा लगनशीलताले कामहरू अगाडि बढ्नेछन्।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्।