अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि आजको राशिफल (जुन २८)

0
97
राशिफल
राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ। लाभदायक नसोचेको ठाउँ बाट धन हात पर्नेछ। शुभारम्भको चर्चा पनि चल्नेछ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज परिवारजनको साथ र सहयोगले नयाँ आशा पलाउनेछ। मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज चिताएको कामले तीव्रता लिनेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
दबाब र तनाव बढेको महसुस हुनेछ। महत्वपूर्ण अवसर गुम्न सक्नेछ। सन्तान पक्षको मायामा कमी आउने छ। यात्रामा सावधानी अपनाउनु पर्नेछ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन्।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
विवाद र प्रतिस्पर्धामा सफलता मिल्नेछ। धार्मिक कार्यमा सरिक हुने सम्भावना छ। शेयर बजारको लगानीले पनि राम्रै फाइदा दिनसक्छ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ। आफन्त सँग मनमुटाव बढ्ला र सामान हराउन सक्नेछ अतः सचेत रहनु उचित होला।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज अवसर आउनाले मन प्रसन्न रहनेछ। नोकरी गर्नेले मानसम्मान पाउने छन्। छोटो यात्राको सम्भावनालाई नकार्न पनि सकिँदैन।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज शुभकार्यको चर्चा चल्नेछ र मनमा शान्ति छाउनेछ। बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो। पारिवारिक सुख मिल्नेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
बोलेको कुरा पुर्‍याउन नसक्दा सहकर्मी तथा आफन्तबाट तपाईंको आलोचना हुनेछ, तर जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्।