अष्ट्रेलियाको भिक्टोरियामा थप ७ हजार ७ सय ५८ जना कोरोना संक्रमण पुष्टि

0
85

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका ७ हजार ७ सय ५८ जना नयाँ संक्रमित थपिएका छन्। मंगलबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ८ हजार ९ सय २१ जनामा कोरोना परिक्षण गरिएको थियो। सोही अवधिमा ११ जना संक्रमितले ज्यान गुमाएका छन्।

भिक्टोरियामा हाल ४३ हजार १ सय ७४ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये ४ सय ६८ जनाको अस्पतालमा उपचार भइरहेको छ।