“अरु देश जति विकसित भएपनि आफ्नो देश जस्तो हुँदैन”

0
129

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ । अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ ? अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौँ, बालाजु घर हुनुभएकी बिनिता सापकोटासँग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मलाई मेरो साथीले उपहार पठाइदिनुभएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
मलाई उहाँले मेरो लागि उपहार पठाउनु भएको छ भने थाहा थिएन। एक्कै चोटी सरप्राइज पाएको हुँदा धेरै खुसी अनि राम्रो लागेको छ।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उहाँ अष्ट्रेलिया जानुभएको १/२ महिना भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ मलाई थाहा भएन।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
राम्रो ठाउँमा राम्रो भविष्यको लागि जानुभएको हुँदा मलाई उहाँ प्रति धेरै गर्व महसुस हुन्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
चाडपर्वको बेलामा मात्र होइन। उहाँको सम्झना सधैँ आउँछ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
नेपाल फर्किने कि उतै सेटल हुने भन्ने उहाँको विचार हो। उहाँले जे सोचेर अघि बढ्नु भएको छ, त्यहि गर्दा राम्रो हुन्छ। सबैको जीवनको आ-आफ्नो निर्णय हुने हुँदा यसमा मैले केहि भन्नु मिल्दैन।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म अहिलेसम्म अष्ट्रेलिया गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
आफु त्यहाँ गएको भए अष्ट्रेलिया बारे अनुभव हुन्थ्यो होला। म अहिले सम्म नगएको हुँदा त्यहाको बारे के राम्रो नराम्रो भन्ने केहि थाहा छैन।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
अरु देशहरु जस्तो विकसित भएपनि आफ्नो देश जस्तो कुनैपनि हुँदैन। विदेशमा आफ्नो पढाई सकेपछि त्यहाँ सिकेका केहि कुराहरु स्वदेशमा सदुपयोग गर्न सक्यो भने देश विकाश हुने सम्भावना धेरै हुन्छ। यी देशहरुमा सेटल हुनुपनि कोहिलाई रहर हुन्छ भने कोहीलाई बाध्यता पनि हुनसक्छ। अरुको जीवनमा हामीले यसरि भन्नु त मिल्दैन तर सकेसम्म आफ्नै देशमा फर्किनुहोला। आफुसंग भएको सिप ज्ञानलाई उतार्न सकियो भने त्यसबाट पनि धेरैले केहि सिक्न सक्छन्। सबैको आ-आफ्नो विचार हुनेहुँदा जता बसेपनि हजुरहरुले देखेको सबै सपना पुरा होस्।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
हजुर के उद्देश्यले विदेश जानुभएको छ, त्यो उद्देश्य पुरा गर्नुहोला भन्न चाहन्छु।