न्याभ बाल चौतारी वेस्ट मनोरंजन कार्यक्रम सम्पन्न

0
127

मेलवर्न। अष्ट्रेलियामा मेलबोर्नको पश्चिमी क्षेत्रमा अवस्थित नेपाली भाषा तथा संस्कृति विद्यालय न्याभ बाल चौतारी वेस्टको आयोजनामा बालचौतारी वेस्ट रमझम कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। हरेक शनिबार बिहान ९ देखि ११ बजे सम्म संचालन हुने उक्त बिद्यालयमा अध्ययन गर्दै आएका बिद्यार्थी भाइबहिनीहरुले आ-आफ्नो तर्फबाट आफुमा भएका बिबिध विधाका प्रतिभाहरु प्रस्तुत गरेका थिए। गायत्री मन्त्र बाचन गरेर सुरु गरिएको उक्त कार्यक्रममा नेपाली राष्ट्रिय गान, गीत, नृत्य, भजन लगायत विविध आकर्षक प्रस्तुतिका साथै विद्याथीहरुले हातले बनाएका नेपाल सम्बन्धि चित्रहरुको कला प्रदर्शनी पनि गरिएको थियो।

कार्यक्रममा विद्यालयलाई आजको दिनसम्म सफल रुपमा संचालन गर्न साथ र सहयोग गर्दै आफ्नो मन, बचन र कर्मले स्वयम् सेवकको भूमिका निर्बाह गर्दै आएका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो। सम्मानित हुने व्यक्तिहरुमा विद्यालयका भूतपूर्व संयोजक उगेंद्र रेग्मी, राजु श्रेष्ठ, शिक्षक, शिक्षिका मनोज पौडेल, तारा भट्टराई लगायत नृत्य शिक्षिका बर्षा भण्डारी, दिव्या भट्टराईलाई बर्तमान संयोजक सुशील चालिसेले टिका, खादा र मायाको चिनो प्रदान गरेका थिए।

कार्यक्रममा नेपाली राष्ट्रिय गान सफल रुपमा गाउँन सफल विद्यार्थीहरु शाइला अधिकारी, शायना चालिसे, इशानी अधिकारी, आदित जोशी र आर्जित दाहाल, नेपाली भाषा उत्कृस्ट पढ्न सक्नेमा दीपशिखा चालिसे, अनुशासनमा सभिता जोशी, रिजुता श्रेष्ठ र निष्ठा गुरुङ, चित्रकलामा रिया कटुवाल, राम्रो लेखनमा प्रणय चालिसे, अन्तरा दाहाल, नियमित बिद्यालयमा उपस्थित हुनेमा शायना चालिसे, समिका चालिसे, दिया श्रेष्ठ, शाइला अधिकारी, शारोन भण्डारी, इशानी अधिकारीलाई बिजेता लगायत आ-आफ्ना प्रस्तुतिका लागि सम्पूर्ण विद्यार्थीहरुलाई सहभागिताको प्रमाणपत्र वितरण गरिएको थियो।

कार्यक्रममा सिडेनह्याम नेवरहुड हाउसका कम्युनिटी लर्निङ्ग याण्ड पार्टिसिपेसन बिभागका बिजिनेस डेभलप अफिसर आइरिन कोमिटि, नेपाली एसोसिएसन अफ भिक्टोरियाका उपाध्यक्ष प्रेम राज उप्रेती, एमएनसी वेस्टका अध्यक्ष शंकर थापा रोयल वेस्टर्न्स क्लबका उपाध्यक्ष रोशन दाहाल, एनआरएनए भिक्टोरियाका सब-कोर्डिनेटर नारायण कुमार कटुवाल, बिद्यालयका स्वयंसेवक लगायत बिद्यालय कार्यसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो।

उक्त रमझम कार्यक्रममा विद्यार्थी भाइबहिनीहरु निकै उत्साहित र खुशी देखिन्थे र प्रमाणपत्र प्राप्त गर्न पाउदा निकै रमाएका थिए। कार्यक्रममा आफ्नो मन्तब्य राख्दै सिडेनह्याम नेवरहुड हाउसका कम्युनिटी लर्निङ्ग याण्ड पार्टिसिपेसन बिभागका बिजिनेस डेभलप अफिसर आइरिन कोमिटिले कार्यक्रममा विद्यार्थीहरुको प्रस्तुतिबाट आफू निकै प्रभावित भएको र आगामी दिनमा बिध्यालयले अझै प्रगति गर्दै जाओस र आफ्नो तर्फबाट बिध्यालयको लागि के कस्तो सहयोग पुर्याउन सकिन्छ त्यसको बारेमा विद्यालय परिवार सङ्ग बसेर छलफल गर्ने बताएका थिए। उक्त विद्यालयका भुतपुर्व संयोजक उगेन्द्र रेग्मीले न्याभ बालचौतारी वेस्ट विद्यालय आजको यो अवस्थमा ल्याइ पुर्याउन आफुले गरेका योगदानको बारेमा बताउदै आगामी दिनमा अझै आफ्नो तर्फबाट निरन्तर रुपमा सल्लाह, सुझाव र सहयोग रहनेछ। साथै आज यो व्यवस्थित रुपमा संचालन भइरहेको देख्न पाउदा खुशी लागेको बताएका थिए।

धन्यबाद ज्ञापनका क्रममा यहाँ अबस्थित दोश्रो पुस्ताका नेपाली केटाकेटिहरुलाई आफ्नो भाषा, संस्कृति, कला, चाडपर्व बारेमा जानकारी गराउदै विभिन्न समयमा यस्ता कार्यक्रमहरु संचालन गर्दै आएकोमा खुशी व्यक्त गर्दै यस शुभ कार्यमा साथ र सहयोग गर्नु हुने सम्पूर्ण अभिभाबकज्युहरु, स्वयंसेवकज्युहरु लगायत उपस्थित सम्पूर्ण महानुभावहरुलाइ विद्यालयका संयोजक सुशील चालिसे लगायत विद्यालय परिवारले हार्दिक आभार तथा धन्यबाद प्रकट गरेका थिए। उक्त रमझम कार्यक्रम विद्यालयका कार्यसमिति सचिब बिनिता श्रेष्ठले संचालन गरेकी थिइन।