अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि आजको राशिफल (जुन २७)

0
86
राशिफल
राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आँटेको र ताकेको कार्य पुरा होला। ठीक समयमा सही निर्णय लिन सकिनेछ। शैक्षिक क्षेत्रमा प्रगति नै होला। बोलीको प्रभाव पनि बढ्नेछ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। व्यवसायका लागि छोटो यात्राको सम्भावना पनि छ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज राजनैतिक कार्यमा बाधा आउनेछ। नाक तथा घाँटीमा समस्या आउला, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। श्रमको उचित मूल्याङ्नका हुनेछ। दिनको उत्तरार्ध बढी सुखद् रहने देखिन्छ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज मङ्गल र शुभकार्यको चर्चा चल्नेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। शेयर बजारमा गरेको लगानीले राम्रै लाभ मिल्ला।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज कीर्तिमानी काम गर्ने समय छ प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेको छ। शुभकार्यको चर्चा पनि चल्नेछ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। घर परिवारमा झैझमेलाको अवस्था आउन सक्छ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। नयाँ कार्यको योजना बन्नेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज शुभ कार्यको चर्चा चल्नाले मनमा शान्ति छाउनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। आर्थिक क्षेत्रमा पनि राम्रो सफलता मिल्ला।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज आतिथ्यपूर्ण सम्मान पाइएला। वैदेशिक कार्य अघि बढ्नेछ। आफन्त सँग भेटघाट हुनेछ। नयाँ वस्त्र एवं अलंकार प्राप्ति हुनेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
धार्मिक र सेवा भाव बढ्ने योग छ। आज नयाँ कमको थालनी हुनेछ। शेयर बजार र घर जग्गामा गरेको लगानीले बिस्तारै लाभ हुनेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
प्रेम सम्बन्ध कसिलो होला। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। बौद्धिक काममा सफलता मिल्नेछ। दाम्पत्य सुखले प्रफुल्लित भइनेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्।