सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
सोमबार बिहानको अपडेट अनुसार न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा थप ६ हजार ८ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी १ हजार ५ सय ७ जना अस्पतालमा उपचाररत छन् भने ५५ जना आइ.सी.यु मा छन्।