मध्यरात न्यु साउथ वेल्समा छुरा हानी १७ वर्षीय युवकको हत्या

0
151

अष्ट्रेलिया । न्यु साउथ वेल्सको नर्दन रिभर्स क्षेत्रमा एक किशोरलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा १८ वर्षीय युवकलाई पक्राउ गरिएको छ।

क्यासिनोको म्याकडुगल स्ट्रिटमा रहेको एक घरमा १७ वर्षीय युवकलाई छुरा प्रहार गरेको अवस्थामा भेटिएको थियो। उनले आज बिहान १:२० बजे आपतकालीन सेवामा फोन गरेका थिए।

प्रहरी र प्यारामेडिकहरूले उनको उपचार गरेता पनि ज्यान जोगाउन भने असफल भएका थिए। प्रहरीले आक्रमणलाई लक्षित गरी भएको अनुमान गरेको छ । घटनामा संलग्न १८ वर्षीय युवकलाई प्रहरीले आइतबार बिहान उनकै घरबाट पक्राउ गरेको छ। उनलाई क्यासिनो प्रहरी चौकी लगेर सोधपुछ गरिएको थियो। घटनास्थलमा फरेन्सिक परीक्षणको काम भइरहेको र थप अनुसन्धान जारी रहने प्रहरीले जानकारी दिएको छ।