लोकदोहोरी गायिका दिलमाया सुनार आफ्नै कोठामा मृत अवस्थामा फेला

0
103

काठमाडौँ । राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा चर्चित लोक दोहोरी गायिका दिलमाया सुनार आफ्नै डेरामा शनिबार पौने ११ बजे मृत अवस्थामा फेला परेकी छन्। अनुसन्धानका लागि भन्दै प्रहरीद्धारा एक जना पक्राउ गरिएको जानकारी आएको छ।

उनको मुलघर सुर्खेत भए पनि उनी काठमाडौंको नेपालटारमा डेरामा बस्दै आएकी थिइन् । शुक्रबार राती नै फेसबुकमा उनले आफूलाई बाँच्न मुश्किल भएको भन्दै एउटा स्टाटस पनि लेखेकि थिईन्। उनले त्यस स्टाटसमाँ आफ्नो मृत्युमा कसैलाई दोष नदिनु भनेकी छन्। पतिसँग सम्बन्धविच्छेदपश्चात भएपछि उनी केहि वर्षदेखि एक्लै नै बस्दै आएकी थिइन्। दिलमायाको एउटा छोरा भएपनि उनि भने सुर्खेतमा नै बस्दै आएका छन्। प्रहरीले शुक्रबार साँझ मृतकको कोठामा गएका सूर्य श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार श्रेष्ठ करिब २ बजे दिलमायाको डेरामा गएका थिए। उनको घाँटीमा डाम देखिएको हुँदा घटना अझै रहस्यमय भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाई रहेको छ। दिलमायाको हत्या वा आत्महत्या भन्ने प्रहरीले अहिलेसम्म केहि अनुसन्धान गर्न सकेको छैन ।

सुनार केही महिनाअघि सम्पन्न राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा उत्कृष्ट पनि घोषित भएकी थिइन्। सुर्खेतबाट छोरा आएपछि आज कानुनी प्रकृया अगाडि बढाउने प्रहरीको तयारी छ । तिम्रो आत्माले शान्ति पाओस् । परिवारजनमा गहिरो समवेदना !