अमेरिकी स्पेस एजेन्सी नासाले भोलीदेखि अष्ट्रेलियाबाट रकेट उडाउदै

0
109

डार्विन। अमेरिकी स्पेस एजेन्सी नासाले भोलीदेखि अष्ट्रेलियाबाट रकेट उडाउने भएको छ। नासाले २५ वर्ष पछि भोली जुन २६ तारिखमा एक्सक्युसि नामक रकेट उडाउन लागेको हो।

नासाले जारी गरेको विज्ञप्ती अनुसार भोली अर्थात् जुन २६ तारिखमा एक्सक्युसि नामक रकेट, जुलाई ४ तारिखमा सिस्टाइन रकेट र जुलाई १२ तारिखमा ड्युस रकेट गरि ३ ओटा रकेट उडाइने जनाएको छ। रकेटहरु अष्ट्रेलियाको नर्दन टेरिटोरी राज्यमा रहेको अर्नेम स्पेस सेन्टरबाट उडाइन लागेको छ। जसका लागि नासाका वैज्ञानिकहरु अष्ट्रेलिया आइसकेका छन्।

अष्ट्रेलियाबाट रकेट प्रत्येक्षपण गर्नु अघि अष्ट्रेलियन प्रधानमन्त्री एन्थोनी एल्बानिजीले डार्बिन पुगेर रकेट प्रत्येक्षपणका बारे घोषणा गर्नुभएको थियो। उहाँले संचारकर्मीसंग कुरा गर्दै यी रकेटहरु पृथ्वीबाट २ सय ५० किलोमिटर उत्तरी आकासमा गएर सुर्यको भौतिक अवस्थाहरुका बारेमा अध्ययन गर्ने र यसले पृथ्वीमा पारेको प्रभाव बारे सुचनाहरु संकलन गर्ने बताउनुभयो।