अष्ट्रेलियाको हस्पिटलको आकस्मिक कक्षमा बेवारिसे अवस्थामा एक बिरामी

0
292

अष्ट्रेलिया । अष्ट्रेलियाको हस्पिटलको आकस्मिक कक्षमा एक बिरामीलाई बेवारिसे अवस्थामा छोडिएको छ। अस्पतालको इमर्जेन्सी वार्डमा बिरामीलाई ५ घण्टासम्म भुइँमा नै वेबारिसे अवस्थामा राखिएको फोटो भाइरल भएको हो ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको फोटोमा एक जना बिरामी सेतो ब्ल्यांकेट ओडेर सुतेको देखिन्छ। उनी त्यसरी नै करीब ५ घण्टा बसेको अष्ट्रेलियन सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। उक्त फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि साउथ अष्ट्रेलियन सरकारले यस घटनाका बारेमा अनुसन्धान सुरू गरेको जनाएको छ। अहिले अष्ट्रेलियामा कोरोना भाइरस र फ्लुको संक्रमणका कारण हस्पिटलहरूमा बिरामीको चाप बढेका कारण उक्त अवस्था आएको हुनसक्ने अनुमान गरिएको छ। तर, स्वास्थ्य विभागले भने अहिले नै उक्त घटनाबारे बिश्वाशका साथ भन्न नसकिने बताएको छ।

साउथ अष्ट्रेलियाका प्रिमियर पिटर मलिनास्कसले बिरामी त्यसरी भुइँमा राख्नु कुनै हालतमा उचित नभएको बताउँदै अनुसन्धान तीव्र रूपमा गरिने बताएका छन्।