सिड्नीको पारामाट्टास्थित लेबनानी रेष्टुरेन्टमा आगलागी हुँदा एक नेपाली युवकको गम्भीर घाइते

0
147

अष्ट्रेलिया। सिड्नीको पारामाट्टास्थित लेबनानी रेष्टुरेन्टमा आगलागी हुँदा एक नेपाली युवकको गम्भीर घाइते भएको छ। बिहिबार बिहान करिब १० बजेतिर अचानक सल्किएको आगलागीमा परेर उक्त नेपाली युवकको गम्भीर घाइते हुन पुगेको हो।

२४ बर्षिय घाइते युवकको स्थायी घर बिराटनगर रहेको गैर आवासिय नेपाली संघ न्यु साउथ वेल्सका संयोजक देव गुरुङले जानकारी दिनुभएको छ। उहाँका अनुसार उनी त्यस रेस्टुरेन्टमा कार्यरत कामदार भएको बुझिएको छ। बिहान करिब १० बजेतिर भएको घटनामा नेपाली युवकको घाटी, छाती र अनुहार पोलेको बताइएको छ। उनको शरिरको ३० प्रतिशत भाग आगलागीमा परेको जानकारी प्राप्त भएको छ। घाइते युवकको सिड्नीकै एक अस्पतालमा सघन कक्षमा उपचार भइरहको र युवकको अवस्था गम्भीर भएको कारण अहिले कोमामा रहेको स्थानिय संचारमाध्यमले बताएको छ। उनलाई आफ्नो भाइ पर्नेले प्रहरी र अस्पतालमा सहयोग गरिरहेको छ।

आगलागीपछि रेष्टुरेन्टमा ठुलो आवाजको विस्फोट भएको थियो। भाडा माझ्ने मेसिन बिग्रिएर सर्टसर्किट हुँदा आगलागी हुने र त्यसबाट निस्किएको झिल्काले सरसफाइका लागि राखिएको केमिकलमा आग सल्किएर स्टोर तुरुन्तै फैलिएको हुनसक्ने अनुमान गरिएको छ। घटनाबारेमा खुल्नमा नआएको र प्रहरीले घटनाको कारण बारे अनुसन्धान गरिरहेको बताइएको छ। गैर आवासिय नेपाली संघ न्यु साउथ वेल्सका संयोजक देव गुरुङले घटनाबारे जानकारी भएको र पिडित पक्षले अहिले नै केहि गर्न नपर्ने जनाएको बताउनु भयो। साथै उहाँले नेपालस्थित परिवारका सदस्यहरुसंग सम्पर्कमै रहेको र परिवारले अनुमति दिने बित्तिकै हामी आवश्यक सहयोग गर्ने कुराको पनि जानकरी गराउनु भयो।