अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि आजको राशिफल (जुन २४)

0
103
राशिफल
राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
मन भावुक र उत्ताउलो बन्नेछ। अनावश्यक ठाउँमा धन खर्च हुनेछ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। सरकारी निकायको भय पनि रहला।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज नयाँ कार्यको योजना बन्नेछ। नजिकको मित्रसँग भेटघाट हुनेछ। परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन्।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज रोकिएका काम पुनः सुरु हुन सक्छन्। जोशजाँगर र उमङ्ग बढ्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
शुभकार्यको चर्चा चल्नेछ । प्रेम जीवन सुखद् रहने देखिन्छ। व्यापार व्यवसायमा सफलता पाइनेछ। महिला वर्गबाट विषेश सहयोग मिल्नेछ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज आत्मबलमा कमी आउनेछ। मनमा चिन्ता र दुबिधा उत्पन्न हुनेछ। प्रेमीको सहयोग पाइनेछ, तर स्वास्थ्य प्रति सचेत रहनु होला।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज कुनै कुराले मनमा शान्ति छाउनेछ। धर्मकर्ममा मन लाग्नेछ। गरेका कामबाट राम्रै लाभ हुनेछ। दैनिक कार्यमा प्रगति हुँदै जानेछ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
शुभकार्यको चर्चा चल्नेछ र सफल यात्रा हुनेछ। आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। घर जग्गाको कारोबारले लाभ मिल्नेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। राजनैतिक र कूटनैतिक कार्यमा सफलता मिल्नेछ, तर निर्णय कार्यान्वयन हुन संघर्ष गर्नु पर्ला।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
लाभहानी, आयव्यय, सुखदुख बराबरी खालको समय छ। धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ। विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ। जोश जाँगर र हिम्मत बढ्नेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
मिष्ठान्न भोजनको अवसर मिल्नेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। प्राविधिक क्षेत्रमा गरेको लगानी फस्टाउनेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्।