मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका ७ हजार ४ सय ६१ जना नयाँ संक्रमित थपिएका छन्। बिहिबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ७ हजार ७ सय २ जनामा कोरोना परिक्षण गरिएको थियो। सोही अवधिमा २४ जना संक्रमितले ज्यान गुमाएका छन्।
भिक्टोरियामा हाल ४१ हजार ५ सय ३ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये ४ सय ११ जनाको अस्पतालमा उपचार भइरहेको छ।