“कसैको रहर हुन्छ त कसैको बाध्यता : विदेश”

0
56

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ । अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ ? अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौँ, ललितपुर, नाखुदोबाटो घर हुनुभएकी पार्वती महर्जनसँग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मलाई मेरो छोराले उपहार पठाइदिएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
आफ्नो छोराले परिवारको लागि सम्झेर त्यति टाढाबाट उपहार पठाउँदा धेरै खुसी लागेको छ।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
छोरा अष्ट्रेलिया गएको ४/५ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
छोरा अष्ट्रेलियाको सिड्नीमा बस्छ।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
राम्रो ठाउँमा राम्रो भविष्य र पढाई बनाउन गएको हुँदा म लगाएत सबै परिवारलाई धेरै राम्रो अनि खुसी लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
मेरो छोरा म बाट धेरै टाढा छ। चाडपर्वको बेलामा मात्र होइन, जुन सुकै अवस्थामा पनि धेरै सम्झना आउँछ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
आफ्नो छोरा त नेपालमा नै फर्किए हुन्थ्यो जस्तो लाग्छ नि ! नेपालको अवस्था पनि अहिले धेरै नै नाजुक छ। स्वदेशमा न राम्रो रोजगार पाइन्छ न रोजगार अनुसारको राम्रो आम्दानी पाइन्छ। जता बसेपनि उसले देखेको सबै सपना पुरा होस्।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म अष्ट्रेलिया गएको छु।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
अष्ट्रेलियाको घुम्ने ठाउँ, हावापानी, पढाई सबै राम्रो लाग्छ । अष्ट्रेलिया बारे नराम्रो भन्नको लागि केहि छैन।

अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ?
अहिले अष्ट्रेलिया जाने सोच बनाएको छैन।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
सबैको आ-आफ्नो सोच विचार हुनेहुँदा हामीले यसमा केहि भन्नु मिल्दैन। यी देशहरुमा सेटल हुनु कोहीलाई रहर हुन्छ भने कोहीलाई बाध्यता पनि हुन सक्छ। स्वदेशलाई छोडेर विदेसिनु पनि सबैको कारण हुन्छ। कोहि आफ्नो रहर पुरा जान्छन त कोहि आफ्नो जिम्मेवारी पुरा गर्नको लागि जान्छन। नेपालमा सानोतिनो जागिरमा अडिनु भन्दा विदेशमा नै गएर आफ्नो भविष्य बनाउनु ठिक होला जस्तो लाग्छ। नेपाल आएर खाली हात बस्नुभन्दा समयसमयमा परिवारलाई भेट्न आउदै गर्ने बाकी उतै बसेको राम्रो हुन्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
हजुरहरु जुन देशमा भएपनि आफ्नो देशको माया नमार्नुहोला भन्न चाहन्छु।